६२ जनाको लागि नेपाल आयल निगममा जागिर खुल्यो |

६२ जनाको लागि नेपाल आयल निगममा जागिर खुल्यो |

आयल निगमद्वारा गरिएको दरखास्त आहवानको सूचना अनुसार सहायकदेखि उपप्रवन्धकसम्मका विभिन्न तहमा कर्मचारीहरुको माग गरिएको  छ | सोहि अनुरुप, उपप्रवन्धकमा १२ जना, सहप्रवन्धकमा १९ जना, वरिष्ठ सहायकमा १६ जना र सहायकमा  १५ जना कर्मचारीका लागि निगमले दरखास्त आह्वान गरेको हो |

In this blog

आयल निगमद्वारा गरिएको दरखास्त आहवानको सूचना अनुसार सहायकदेखि उपप्रवन्धकसम्मका विभिन्न तहमा कर्मचारीहरुको माग गरिएको  छ | सोहि अनुरुप, उपप्रवन्धकमा १२ जना, सहप्रवन्धकमा १९ जना, वरिष्ठ सहायकमा १६ जना र सहायकमा  १५ जना कर्मचारीका लागि निगमले दरखास्त आह्वान गरेको हो |

मेकानिकल, सिभिल, केमिकल, पेट्रोलियम, इण्डष्ट्रियल, इलेक्ट्रिकल र इन्जिनियरतर्फ सातौं तहमा प्राविधिक इन्जिनियरिङ समूहबाट १२ जना उपप्रवन्धक माग गरिएको छ। सो समूहका लागि ८ सय रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ। सम्वन्धित विषयमा स्नातक उत्तिर्ण गरेकाले पनि आवेदन दिन सक्ने छन्।  

त्यस्तै प्रशासन, कम्प्युटर र लेखा समूहबाट छैटौं तहअन्तर्गत सहप्रवन्धकमा १९ जनाको पदपूर्ति गरिने निगमले जनाएको छ। सो समूहबाट आवेदन दिनेले परीक्षा दस्तुर ७ सय रुपैयाँ तिर्नुपर्दछ। मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तिर्ण गर्नेले सो पदमा आवेदन दिन सक्ने छन्।

प्रशासन तथा प्राविधिक ५ औं तहको वरिष्ठ सहायकका रुपमा १६ जना कर्मचारीको पदपूर्ति गरिने छ। प्रशासन, लेखा तथा सहायक मेकानिकल समूहबाट यी कर्मचारीहरु पदपूर्ति गरिने छ। यसको लागि परीक्षा दस्तुर ५ सय तोकिएको छ।  मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी उत्तिर्णले यीमध्ये कुनै पदमा आवेदन दिन सक्ने छन्।

इच्छुक आवेदकले आजको मितिदेखि २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। प्रधान कार्यालय बबरमहलबाट आवेदन फारम भर्न पाइने निगमले जनाएको छ।

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments


Submit your comments